गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु
काठमाडौँ, ७ कात्तिक— आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएको छ।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार हुँदै गर्दा शुक्रबार बिहान साढे ८ बजे उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई ले जानकारी दिए।
पौडेल गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरिएको थियो।
यस घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। एसपी भट्टराईका अनुसार गिरी अहिले पनि प्रहरीकै सम्पर्कमा रहेका छन्। तर, उनको विरुद्ध हालसम्म कुनै जाहेरी दर्ता नभएको जानकारी दिएका छन्।
पौडेलको मृत्युले नेपाली संगीत क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ।