नेपाल प्रहरीले पाँच जना एसएसपी डीआईजीमा सिफारिस
९ कात्तिक, काठमाडौं ।
नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिले अहिले रिक्त रहेका चार र तीन दिनपछि रिक्त हुन लागेका एक पदका लागि सिफारिस गरेको हो।
डीआईजीमा सिफारिस हुनेमा एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्।
बढुवा सिफारिस स्वीकृत भएपछि उनीहरूलाई क्रमशः नयाँ जिम्मेवारी तोकिने नेपाल प्रहरीले जनाएको छ।
