जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान
काठमाडौँ। देशमा पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले मौसम सामान्यतया बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानहरूमा र कोशी, बागमती, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै क्षेत्रहरूमा हल्का देखि मध्यम वर्षा र हिमपात भइरहेको छ।
महाशाखाले आज जुम्ला र जोमसोममा तापक्रम सबैभन्दा कम करिब १ डिग्रीसम्म पुग्ने सम्भावना रहेको बताएको छ भने विराटनगर र जनकपुरमा अधिकतम तापक्रम ३२ डिग्रीसम्म रहने अनुमान गरिएको छ। साथै, विभिन्न शहरमा हल्का वर्षा पर्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।