जेनजी आन्दोलनपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बुधबारदेखि
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि बस्दै छ । जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा मुख्य गरी ६ वटा विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
उनका अनुसार सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बुधबार ११ बजेपछि बस्ने बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ छलफलका एजेण्डा रहेका छन् ।
त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि भएको छलफल र प्रगतिबारे रिपोर्ट पेस गर्नेछ ।
एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो । उक्त समितिले माओवादी केन्द्रसहितका वामपन्थी दलसँग एकताका लागि वार्ता गर्दै आएको छ ।