काठमाडौँमा हत्कडी चोरी आरोपमा एक जना पक्राउ, बरामद हत्कडी र चाबी
काठमाडौँ – प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–७ स्थित दक्षिण ढोकाबाट हत्कडीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार भदौ २४ मा भएको ‘जेनजी’ प्रदर्शनको क्रममा श्रेष्ठले प्रहरीको हत्कडी चोरी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आरोपीको साथबाट हत्कडी र त्यसको चाबी समेत बरामद गरेको छ।
साजन श्रेष्ठमाथि हाल प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनामा अन्य संलग्न व्यक्तिहरूको खोजी गरिरहेको बताएको छ।
यो घटनाले ‘जेनजी’ आन्दोलनको क्रममा भएको हिंसा र तोडफोडमा प्रहरी साधनसमेत लक्षित बनेको देखाएको छ।