बागमती नदीमा जलसतह खतरा तह पार
काठमाडौं र ललितपुर क्षेत्र हुँदै बग्ने बागमती नदीमा जलसतह खतरा तह पार गरेको छ। बागमती नदीस्थित मनोहरा र खोकना जलमापन केन्द्रमा शुक्रबार साँझ पानीको सतह लगातार बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नदीको बहाव तीव्र बढ्दै गएर खतरा तह नाघिसकेको हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।