रानीपोखरी बालगोपालेश्वर मन्दिरमा भाइटीकाको दिन भीड
काठमाडौँ — काठमाडौंको रानीपोखरी छेउमा रहेको प्राचीन बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरू बिहानैदेखि जुट्न थालेका छन्। विशेषगरी दिदीबहिनी र दाजुभाइ नभएका व्यक्तिहरूले यो मन्दिरमा गएर टीका लगाउने परम्परा छ।
हरेक वर्ष भाइटीकाको दिन मात्रै खुल्ने यो मन्दिरमा बिहीबार बिहानैदेखि भक्तजनहरूको भीड देखिएको छ। टीका लगाएर दीर्घायु र समृद्धिको कामना गर्नेहरू मन्दिर परिसरमा उपस्थित भएका थिए।
स्थानीयहरूका अनुसार, बालगोपालेश्वर मन्दिरमा टीका लगाउँदा विशेष पुण्य मानिन्छ र यसले पारिवारिक सम्बन्धहरू बलियो बनाउने विश्वास छ।