सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ, कात्तिक १४ —नेपालमा शुक्रबार सुनको मूल्य पुनः बढेको छ। पछिल्लो केही दिन मूल्य घट्दै आएकोमा शुक्रबार पुनः वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन तोलामा २७०० रुपैयाँले महँगिएको छ।
बिहीबार तोलाको मूल्य २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भए पनि शुक्रबार बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार तोलाको मूल्य २ हजार ९८० रुपैयाँ रहेकोमा शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा आएको उछालले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको हो। पछिल्ला दिनमा अमेरिकी डलरको मजबुती र विश्व बजारमा मौद्रिक नीतिमा आएको परिवर्तनका कारण सुनको मूल्य अस्थिर बन्दै गएको व्यवसायीहरूको भनाइ छ।