जुवातास खेलिरहेका अवस्थामा १२ जना पक्राउ
जुवातास खेलिरहेका १२ जना जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ ।
घोराही ७ सौडियारमा जुवा खेलिरहेको घोराही ७ का नेकबहादुर चौधरी, कमल चौधरी,एकराज चौधरी, सिताराम चौधरी,अमिस चौधरी,बिनोद चौधरी,घोराही ७ का शंकर चौधरी, कालुराम चौधरी, उज्वल चौधरी, घोराही १५ का सुनिल बिष्ट, बसन्त डिसी र टुकमान बिष्ट पक्राउ परेको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
उनीहरू भाइ टीका लगाएर जुवा खेल्न थालेका थिए ।