लमजुङमा सबै सवारी आवतजावत बन्द
भारी वर्षाको आकलन गरेर लमजुङमा पनि सबैखाले सवारी आवतजावत बन्द गरिएको छ । लमजुङ प्रशासनले सूचना निकालेर कुनै पनि सवारी नचलाउन आग्रह गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशभर सवारी साधनको आवातजावत बन्द गर्न अपिल गरेको थियो ।
लमजुङ जिल्ला बाहिरका विभिन्न ठाउँबाट जिल्ला भित्रिने र बाहिरिने यात्रुवाहक सवारी साधन आवातजावत रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिए ।