कर्णाली नदी किनारमा एक जनाको शव फेला
कर्णाली नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली नदी किनारमा लम्कीचुहा नगरपालिका–२ बलियाका ४८ वर्षीय मानबहादुर बुढाको शव भेटिएको हो।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार, शुक्रबार उनको शव माछा मार्ने जालमा घोप्टो परेको र अड्किएको अवस्थामा फेला परेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।