कुलमानको प्रस्टीकरण: उज्यालो नेपाल पार्टीसँग मेरो आबद्धता छैन
उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफूलाई जोडेर जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
साथै उनले उक्त पार्टीसँग आफ्नो कुनै आबद्धता नरहेको दाबी गरेका छन् ।
शुक्रबार आफ्नो फेसबुक पेजमा घिसिङले लेखेका छन्, ‘सूचना÷समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन ।’ उनले प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागितासमेत नरहने प्रस्ट पारेका छन् ।
‘मसँग कुनै छलफल/सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु’, घिसिङको भनाइ छ ।