नेपाली वायुसेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट चयन गरिने
काठमाडौँ, १४ कात्तिक – नेपाल वायुसेवा निगमको महाप्रबन्धक पद अब खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्णयअनुसार पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ।
समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य रहेका छन् भने योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्य सचिवको जिम्मेवारी निभाउनेछन्। समिति एक महिनाभित्र योग्य उम्मेदवारको छनोट गरी सिफारिस गर्नेछ।
नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन्। यस्तै, सञ्चालक समिति अध्यक्षको काम उपाध्यक्ष विक्रम राईले हेर्नेछन्।
पूर्व कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल ७ कात्तिकमा सकिएको थियो।