समुद्री आँधी ‘मलिसा’ क्युबातर्फ बढ्यो, जमैकामा तीनको मृत्यु
काठमाडौँ, १२ कात्तिक — जमैकामा प्रभावकारी समुद्री आँधी ‘मलिसा’ अब क्युबातर्फ अघि बढेको छ। यसलाई इतिहासकै सबैभन्दा प्रचण्ड आँधीको रूपमा मूल्याङ्कन गरिएको छ।
बीबीसीका अनुसार, ‘मलिसा’ अहिले ‘क्याटेगोरी चार’को आँधीमा पुगेको छ। जमैकामा आँधीले ठूलो क्षति पुर्याएपछि नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
जमैकामा आँधीका कारण अहिलेसम्म तीन जनाको मृत्यु पुष्टि भएको छ।