धरानबाट फिदिम जाँदै गरेको गाडी ५०० मिटर तल खस्यो
लगातार भइरहेको वर्षाबीच धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कात्तिके भन्ने ठाउँमा खसेको छ।
पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार केही बेरअघि गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको हो।
बोलेरो गाडी सडकबाट पाँच सय मिटर तल खसेको सूचना आएपछि प्रहरी परिचालन भएको छ।
तमोर करिडोरको सडकमा खसेको बोलेरोमा कति यात्रु थिए भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।