दलित अभियन्ता खगेन्द्र सुनारको आरोप — “मन्त्री बन्ने हल्लापछि मेरो चरित्र हत्या गरियो”
काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गरिएको भन्दै तीव्र आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सुनारले आफू मन्त्री बन्ने लिस्टमा परेको भन्दै केही सञ्चारमाध्यमले नकारात्मक समाचार प्रकाशित गरेर बदनाम गर्ने प्रयास गरेको आरोप लगाए। उनले भने, “जाजरकोटमा नवराज विकलगायतको सामूहिक हत्या जस्तै मिडियाबाट मेरो सामूहिक हत्या गरिएको छ।”
सुनारले आफू मन्त्रीको दौडमा कहिल्यै नरहेको र सञ्चारमाध्यममार्फत मात्रै मन्त्री बन्ने हल्ला सुनेको बताए। उनले थपे, “यदि ममाथि लगाइएका आरोपहरू प्रमाणित भए भने म स्वयम् हतकडी लगाएर जान तयार छु।”
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति आफ्नो समर्थन निरन्तर रहने बताउँदै सुनारले मिडियाबाट भएको प्रहारले आफूलाई झन् बलियो र दृढ बनाएको पनि बताए।