जेनजी प्रदर्शनका फरार कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखियो
काठमाडौँ–जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा देशभरका कारागारबाट फरार भएका ४ हजार ७९५ जना कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार फरारमध्ये ४ हजार २२६ जना नेपाली र ५ सय २९ जना भारतीय नागरिकका राहदानी कालोसूचीमा राखिएका हुन्।
जेनजी प्रदर्शनमा कुल १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए भने कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ९ हजार ४५३ जना कारागारमा फिर्ता भइसकेका छन्। अझै ५ हजार १७४ जना फरार रहेका छन्, जसमा बालसुधार गृहका बालबिज्याईंकर्ता समेत छन्।