वर्षाका कारण भएको क्षतिप्रति प्रधानममन्त्री कार्कीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी हुन् । उनले राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्।