मुग्लिङ–नारायणगढ सडकखण्ड मा ७ सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना, बस चालकको उद्धार
मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत गाईघाटमा शनिबार बिहान ७ वटा सवारीसाधन आपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ।
इलाका प्रहरी कार्यालय मुस्लिनका अनुसार एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि अन्य गाडीहरू पनि लस्करै ठोक्किँदै दुर्घटनामा परेका हुन्।
दुर्घटनामा परेका गाडीमध्ये बस र ट्रक बढी क्षतिग्रस्त छन् भने अन्य गाडीहरूमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
बसका चालक चेपिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
सडक अवरुद्ध भएपछि केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो। अहिले सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ।