नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन ४ हजार ८०० ले घट्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँ**मा झरेको हो।
गत शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु २ लाख ५८ हजार रुपैयाँ**मा पुगेको थियो। तर साताको पहिलो कारोबार दिनमै ठूलो गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि घटावट आएको महासंघले जनाएको छ। शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ**मा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँ मा झरेको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो। पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा उच्च अस्थिरता देखिँदै आएको छ।