गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी
गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे २ र दुईपाङ्ग्रे ६५ गरी ६७ सवारीसाधन चोरी भएका मध्ये १७ मात्र फेला परेका छन् । अझै ४८ सवारी हराइरहेका छन् । चालु आर्थिक वर्षमा २ सवारी चोरी भएका तर कुनै पनि फेला परेका छैनन् ।
प्रदेशमा सबैभन्दा धेरै सवारी चोरी कास्कीमा भएका छन् — १ चारपाङ्ग्रे र ४१ दुईपाङ्ग्रे मध्ये १५ फेला परे । नवलपुरमा १६ दुईपाङ्ग्रे चोरी भएका मध्ये कुनै पनि भेटिएको छैन । बागलुङमा १ चारपाङ्ग्रे र ३ दुईपाङ्ग्रे हराएका मध्ये २ फेला परे । तनहुँ र म्याग्दीमा हराएका सवारी अझै फेला परेका छैनन् ।
प्रहरीका अनुसार फेला परेका सवारी अधिकांश व्यवारिसे अवस्थामा भेटिएका हुन्, तर चोरीमा संलग्न व्यक्ति भने अहिलेसम्म पत्ता लाग्न सकेका छैनन्।