साइबर क्राइमको मुद्दामा जेनजी आन्दोलनको स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ
३० भदौ, पोखरा । २४ भदौको जेन-जी आन्दोलनकारीले निजी तथा सरकारी संरचना तोडफोड तथा आगजनी गरिरहेका बेला स्टाटस लेखेर भड्काउन खोजेको आरोपमा पर्वतका एक वडाध्यक्ष पक्राउ परेका छन् ।
आगजनी भइरहेका बेला स्टाटस लेखेर आन्दोलनकारीलाई थप उत्तेजित बनाउने कार्य गरेको आरोपमा पर्वत फलेवास नगरपालिका- ४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।