बानेश्वर वृत्त,सामान्य मर्मत गरेर पनि बस्न नमिल्ने अवस्थामा
यही भदाै २३ मा जेनजी प्रदर्शन सुरु हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा बानेश्वर चोकमा खटिएका थिए ।
त्यहाँ प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले उनको अनुहार र हातमा चोट लाग्यो । भोलिपल्ट प्रदर्शनको नाममा आएका उच्छृङ्खल समूहले वृत्तमा आगजनी गरे ।
आगजनी गर्नुअघि इन्स्पेक्टर समेतलाई प्रदर्शनकारीहरूले बर्दी फुकाल्न लगाए । बर्दी फुकालेर समर्पण गरेपछि अर्को समूहले मोटरसाइकल ल्याएर किच्न खोजे र बागमतीमा हामफाल्न बाध्य पारे । प्रदर्शनकारी त्यतिमै राेकिएनन्, बागमतीमा हाम फालेपछि पनि ढुंगामुढा गरे अनि, कार्यालयमा आगजनी लुटपाट सुरु गरे ।

डीएसपी खतिवडा बस्ने निवासको सामान उच्छृङ्खल समूहले लुटेर लगेका छन् । लेखा शाखामा रहेको १ लाख ५० हजार नगद आगजनी गर्नेहरूले लुटे ।
घाइते अवस्थामा खतिवडा मंगलबार वृत्त सरसफाइ गरिरहेको अवस्थामा भेटिए । स्थानीयले निर्माण गरिदिएको सिसिटिभी रुम रंगरोगन गरिँदै छ । त्यो रुमचाहिँ आन्दोलनकारीले आगजनी गरेनन् । डीएसपी खतिवडा भन्छन्, ‘यहिँबाट काम सुरु गर्ने सोचेका छौँ ।’
आन्दोलनको केन्द्रमा रहेको तीनकुने स्थित प्रहरी वृत्त नयाँ बानेश्वरको मुख्य भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । सामान्य मर्मत गरेर काम गर्न नमिल्ने अवस्थामा छ । आगजनीबाट नष्ट भएको भवनको छतमा रहेको ३ वटा पानी ट्याङ्कीको बोझले छत लच्किएको छ ।
जुनियर अधिकृत, जवान र हवल्दार ब्यारेक पूर्ण रूपमा जलेका छन् । ओढ्ने, ओछ्याउने र युनिफर्म जलेका छन् ।भवन तयार नहुन्जेल अस्थायी रूपमा बस्ने गरी नयाँ कार्यालय भवन खोज्न डीएसपी खतिवडा स्थानीयसँग सहकार्य गरिरहेका छन् ।
पेरिसडाँडा नजिकै रहेको एउटा हलमा बसेर काम गर्न स्थानीयले प्रहरीलाई आग्रह गरेका छन् ।