बुद्ध एयरले काठमाडौँ–कोलकाता सिधा उडान पुनः सुरु गर्दै
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा सिधा उडान पुनः सञ्चालनमा ल्याउने भएको छ ।
कोभिड–१९ महामारीका कारण स्थगित भएको यो रुटमा कम्पनीले आगामी अक्टोबर १९ देखि पुनः उडान भर्न लागेको हो । कोलकाता–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एक मात्र नेपाली विमान सेवा कम्पनी हो र हाल यो रुटमा उडान गर्ने एक्लो वायुसेवा पनि बुद्ध एयर रहेको कम्पनीले दाबी गरेको छ ।