बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु
बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला मणिलेक माध्यमिक विद्यालय गेट नजिकै महाकाली यातायातको सु.प.प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
देहिमाण्डौंस्थित निंगलाशैनि मन्दिरमा लागेको मेला हेरी घर फर्कँदै गरेकी महिलालाई सतबाँझबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको हो ।
मृतकको पहिचान खुल्न बाकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।