२४ घण्टामा सवारी दुर्घटना हुँदा बागमतीमा ३३ जना घाइते
काठमाडौँ । विगत २४ घण्टामा बागमती प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार धादिङ, मकवानपुर, चितवन,दोलखा, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली र रसुवामा मोटरसाइकल, गाडी लगायतका सवारी दुर्घटना हुँदा उक्त एक जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका हुन् ।