बझाङमा जिप दुर्घटना, एक जना गम्भीर घाइते
बझाङमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
आइतबार मस्टा गाउँपालिकाबाट चैनपुरतर्फ आइरहेको सु प्र प०१ च ३७९७ नम्बरको बोलेरो जिप जिन्नाडा नजिकै दुर्घटना भएको हो।
प्रहरीका अनुसार तोलाडाडामा सडकको एक्कासि ब्रेक फेल भई भित्ता तिर पल्टेर दुर्घटना भएको हो ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।