सुनसान बन्दै काठमाडौँ
आज बडादसैंको महाअष्टमीको दिन । राजधानीमा रहेका धेरै सर्वसाधारण दसैँ मनाउन आफ्नो स्थायी ठेगानामा गएको तथा यहाँका स्थानीय पनि घरबाहिर ननिस्कँदा काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ ।
फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने सुनसान हुँदै गएको हो । उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।
ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिनमात्रै करिब डेढ लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।