जवाङखोलाको पहिरो हटाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा
नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण यो सडक अवरुद्ध भएको थियो । बिहानैदेखिको निरन्तर मर्मतपछि सडक दुईतर्फी सञ्चालनमा आएको हाे ।