महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मतमा सहयोग
महालक्ष्मी विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको छ।
आगोझोंड र तोडफोडका कारण प्रशासनिक कार्य सञ्चालनमा कठिनाइ भएको प्रहरी वृत्त दरबारमार्गलाई तत्काल प्रयोगयोग्य बनाउन सहयोग गरिएको बैंकले जनाएको छ। यसबाट पुनर्निर्माण कार्य चाँडै सम्पन्न हुने र भवन पूर्ववत् अवस्थामा फर्किने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकका अनुसार हाल यसको सम्पूर्ण सेवा पूर्ण रुपमा सञ्चालनमा छन्। डिजिटल बैंकिङ सेवा सुरक्षित र व्यवस्थित रूपमा चलिरहेको र लेकसाइड शाखा बाहेक १०२ शाखामार्फत ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान भइरहेको जनाएको छ।