सुर्खेतमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित पाडुलेमा ट्रक र बुलेट मोटरसाइकल ठोक्किँदा करिब २२ वर्षीय एक युवकको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए । यद्यपि उनको पहिचान भने खुल्न बाँकी छ ।
बुढथापाका अनुसार, सोमबार दिउँसो १२ बजेतिर छिन्चु–धुलियाविट सडक खण्डमा ना ५ ख ५६०८ नम्बरको ट्रक र लु ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अछामका १८ वर्षीय दमन शाही घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुले दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।