चोभारमा विश्वकर्माको मूर्ति विसर्जन
आश्विन संक्रान्ति मंगलबारका दिन विश्वकर्मा पूजा गरी बुधबार (आज) विसर्जन गरिएको छ । कलकारखानामा माटोबाट बनाइएका विश्वकर्मा बाबाको मूर्तिलाई काठमाडौंको चोभारमा विसर्जन गरिएको हो ।
साथै केहीले काठमाडौंमा बागमतीलगायत नदीहरुमा विश्वकर्माको मूर्ति विसर्जन गरेका छन् । खासगरी विश्वकर्मा पूजामा कलकारखाना रंगीचंगी पार्नुका साथै आफ्नो घरमा भएका फलामे औजारहरुको पूजा गर्ने गरिन्छ ।
तर, केहीले विश्वकर्माको मूर्ति नै बनाएर पूजा गर्ने गर्छन् । अघिल्लो दिन धुमधामका साथ पूजा गरिसकेपछि भोलिपल्ट पायक पर्ने नदीमा मूर्ति विसर्जन गर्ने गरिन्छ ।