राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेको महत्त्वपूर्ण शक्तिपीठमध्ये नक्साल भगवतीको दर्शन गरेका छन् ।
महाष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन् । अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरे पनि यो पटक उनी नक्साल भगवतीको मात्र दर्शन गर्न पुगेका हुन् ।
अन्य शक्तिपीठमा भने भेटी पठाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।