गोरखापत्र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ
गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो।
गोरखापत्रमा मंगलबार ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो। उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोज्ने गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले जानकारी दिए।
उनका अनुसार सन्तोषलाई दिउँसो २ बजेर २५ मिनेटमा नियन्त्रणमा लिइएको हो। उनलाई नियन्त्रणमा लिएर परिसरमा राखिएको छ।