सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ
सिरहामा पाँच ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका -१७ खैरटोकाबाट भारत विहारको मधुबनी जिल्ला कमलाबारी ग्राम पञ्चायत ६ का करिब ३५ वर्षीय धर्मेन्द्र यादवलाई पाँच ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म माडरबाट खटीएको संयुक्त टोलीले धमेन्द्र आफैले माडरमा सञ्चलन गरेको अजय होटल तथा मदिरा मसलमा लाग पदार्थको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पसलमा खान तलासी गर्दा खाली बियरको कार्टुनमा लुकाई राखेको अवस्थामा उक्त लागु पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पक्राउ परेका यादवलाई सम्मानित जिल्ला अदालत सिरहाबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।