नागरिक स्टक डिलर कम्पनीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग वित्तिय साक्षरता तथा पुँजीबाजर सचेतना कार्यक्रम
नागरिक स्टक डिलर कम्पनीले आज चैत्र २९ गते त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा MBA अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा वित्तिय साक्षरता तथा पुँजीबजार सचेतना कार्यक्रम संचालन गरेको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागका MBA कार्यक्रमका निर्देशक प्रा. डा. पुष्पराज शर्माज्यूको प्रमुख आतिथ्यतामा ८० भन्दा बढी विद्यार्थीहरु सहभागी गराई कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा नागरिक स्टक डिलरका प्रशासन अधिकृत महेन्द्र नारयण जोशी र वरिष्ठ सहायक राजेश कुमार शाहबाट कार्यपत्र प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा पहिलो कार्यपत्र प्रस्तुतिकरणमा गर्ने क्रममा प्रस्तुतिकर्ता जोशीले वित्तिय साक्षरता र यस्को महत्व माथी प्रकाश पार्दै यूवा विद्यार्थीहरुलाई बचतमा जोड दिई लगानीका विविध क्षेत्रहरुमा लगानी गर्न सकिने अवगत गराउनु भएको थियो ।नेपालको समग्र वित्तिय प्रणालीको अवगत गराउनुका साथै वित्तिय प्रणाली अन्तर्गत रहेको पुँजीबजार र पुँजीबजार संग सम्वद्ध पक्षहरुको चर्चा गर्दै कार्य र भुमिका समेत अवगत गराएका थिए । शेयर बजार लगानीको महत्वपुर्ण क्षेत्र भएतापनि जोखिम सदैव रहने हुनाले आधारभुत पक्ष तथा प्राविधिक पक्षहरुको विश्लेषण गरी धैयता पुर्वक लगानी गरेमा उच्चतम लाभ प्राप्त हुनसक्ने जानकारी गराएका थिए ।

त्यसै गरी दोस्रो कार्यपत्र प्रस्तुतिकरण गदै वरिष्ठ सहायक राजेश कुमार शाहले पुँजीबजारमा लगानी गर्नुपुर्व अरुको लहलहै र हल्लाको पछाडि नलागी कम्पनीहरुको आधारभुत पक्ष र प्राविधिक पक्षहरुको सुश्म विश्लेषण गरी लगानी गर्न सकेमा जोखिम कम गरी लाभ प्राप्त गर्न सकिने चर्चा गर्दै आधारभुत पक्ष र प्राविधिक पक्षहरुका विविध इन्डिकेटरहरुको चर्चा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि MBA कार्यक्रमका निर्देशक प्रा. डा. पुष्पराज शर्माज्यूले वित्तिय साक्षरता अत्यन्त महत्वपुर्ण विषय रहेको र पुँजीबजार सम्वन्धी सचेतनाको महत्वपुर्ण प्रस्तुतिकरणबाट विद्यार्थीहरुले लाभ लिनुभएको महसुस गर्दै प्रस्तुतिकरण गर्नुहुने विज्ञहरु र संस्था प्रति आभार व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सहजीकरण विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुको CDM Events Clubले गरेका थियो ।

