हुम्लाको रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु
हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्को पुरिएर एक जनाको मृत्यु भएको छ। यस्तै चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले रातोपाटीलाई बताइन् घाइते हुनेहरुमा तीर्थकला जैशी, दक्षिमा जैशी, तीर्थकला जैशी र मन्जु जैशी रहेका छन् ।