सहिदस्मारक पुगेर प्रधानमन्त्री र मन्त्रीहरूले गरे सहिदप्रति सम्मान प्रकट
प्रधानमन्त्री तथा मन्त्रीहरूले सहिदहरुको सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सहिद दिवसका अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरू सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका हुन् ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।