अफगानिस्तानमा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु
उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वाहक गाडी दुर्घटना हुँदा महिला तथा बालबालिकासहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
उक्त गाडी शुक्रबार राती प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले बताए ।
अमिरीका अनुसार स्थानीय तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी शवहरू निकाल्न खोजिरहेका थिए ।
मृतकमध्ये एक जना ड्राइभर र अन्य तीन महिला तथा चार बालबालिकालगायतका मानिसहरु रहेको उनले
बताए ।