बिहानैदेखि तीर्थ श्राद्ध गर्नेहरूको घुइँचो गोकर्णेश्वरमा पितृको सम्झनामा
आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । हिन्दू परम्पराअनुसार आज बाबुलाई विभिन्न उपहार दिएर मुख हेर्ने गरिन्छ । बु नहुनेले विभिन्न शक्तिपीठमा गएर पितृलाई सम्झँदै तर्पण दिने गर्दछन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।
सैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ ।


गोकर्णस्थित गोकर्णेश्वर मन्दिरमा ठूलो मेला लागेको छ । जहाँ पितृलाई सम्झिएर तर्पण दिने काम भइरहेको छ ।