बौद्धको रोपाईजात्रामा बालेन शाहको उपस्थिति
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाईजात्रा आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि बुधबार झरीका बिच औपचारिक रुपमा काठमाडौं स्थित बौद्धमा मनाइएको छ । प्रमुख अतिथीको रुपमाकाठमाडौँ नगरपालिकाको मेयर बालेन शाह र विशिष्ट अतिथीका रुपमा काठमाडौँका विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थित भएको थियो ।
उक्त कार्यक्रममा बौद्ध वडा नं ६ का वडा अध्यक्ष भुवन लामा ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो ।
नेवार समुदायले मनाउन सूरु गरेको रोपाइँ जात्रा अहिले देशभरका विभिन्न स्थानमा मनाइन्छ ।
रोपाइ सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ ।
बुधबार बौद्धमा व्यंग्य गर्न विभिन्न भेषभूषा पहिरन लगाएर बाजागाजासहित गाईजात्रा तथा रोपाई जात्रा मनाइएको थियो ।