विदेशी मुद्राको विनिमय दर आज कति छ त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७२ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ २८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ०८ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।