पहिरोका कारण कालीगण्डकी करिडोर बन्द
काठमाडौं । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड आइतबार पनि ठप्प रहेको छ।
लगातारको वर्षाका कारण करिडोरको ४ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने प्रहरीले बताएको हो ।
त्यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले बताएको छ ।