हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना
विराटनगर आएका बेला बिरामी भएपछि वरिष्ठ हास्य कालकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । आचार्य हिम गिरि सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए ।
हरिवंश आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । अस्पतालमा भर्ना भएका अभिनेता हरिवंश आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ ।
नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो । आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने छोरा मोहितले बताए । ‘अहिले बुवाको अवस्था सामान्य छ,’ उनले भने ।