ओलीले गठन गरे पहिलो दिनमै २२ सदस्यीय मन्त्रिपरिषद
प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ दलको प्रतिनिधित्व छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । जसमा २ जना प्रकाशमानसिंह र विष्णु पौडेल उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीको पहिलो वरियतामा कांग्रेस नेता प्रकाशमान सिंह छन् ।