संघीय संसदका अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका २ वटा संसदीय समितिका बैठक सोमबार बस्ने भएका छ ।
सोमबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समितिको बैठक बस्न लागेको हो । सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको हो ।
त्यस्तै, अर्थ समितिको बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित अर्थसमितिको बैठक कक्षमा बस्ने भएको छ । सोही बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको हो ।