गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यहि जेठ २८ गते विश्वासको मत लिने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यहि जेठ २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेशका सभाबाट विश्वासको मत लिइसकेपछि मात्रै उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गर्नुभएको हो । अल्पमतमा रहनु भएका मुख्यमन्त्री पाण्डे विश्वासको मतको बारेमा छलफल गर्न काठमाडौं आउनुभएको थियो। काठमाडौंबाट फर्किए लगत्तै उहाँले विश्वासको मत लिने निर्णय गर्नुभएको छ ।
नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।
त्यसपछि पाण्डे संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा जेठ १६ गते नियुक्त हुनुभएको थियो ।