विदेशी मुद्राको विनिमय दर आज कति छ त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
शुक्रबार अमेरिकी डलर र कतारी रियालको विनिमयदर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विनिमयदर भने बढेको हो । त्यस्तै, बेलायती पाउण्डको बिक्रीदर १ सय ७१ भन्दा माथि पुगेको छ ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९८ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय ७१ रुपैयाँ १४ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।