प्रतिनिधि सभाको बैठकमा आज ३ मन्त्रालयको बजेटको शीर्षकमाथि छलफल गरिंदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्ने भएको छ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बस्ने भएको हो । बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका शीर्षकहरुमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको हो ।
बैठकमा सांसद प्रेम सुवाल, डा. अमरेश कुमार सिंह, दिलेन्द्रप्रसाद बडू, बिना लामा, कान्तिका सुजुवाल, ज्ञान बहादुर शाही, शान्ति बिक र रोसन कार्कीले विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।