विदेशी मुद्राको विनिमय दर आज यस्तो छ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य घटेको जनाएको हो । त्यस्तै, यसअघि अमेरिकी डलर र कतारी रियालको मूल्य ३ दिनदेखि स्थिर रहेको थियो । यूरो र बेलायती पाउण्डको मूल्य भने सोमबार बढेको हो ।
अमेरिकी डलर मंगलबार एकको खरिद दर १ सय ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३४ पैसा पुगेको छ। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५७ पैसा रहेको हो। बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ७६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको हो।